प्रस्तावना :
नेपाल एक पर्यटकीय देश हो । यो धार्मिक, सांस्कृतिक, प्राकृतिक, जलवायु तथा अन्य विषयवस्तुमा भरिपुर्ण छ । यहाँ पर्यटनको ठूलो भुमिका तथा योगदान रहेको छ र ठूलो सम्भावना बोकेको क्षेत्र पर्यटन क्षेत्र समेत हो । विश्वको अग्लो हिमाल सगरमाथा देखि बुद्ध जन्म स्थल लुम्बिनी, हिन्दुहरुका मठ मन्दिरले भरिपुर्ण नेपालमा वर्षैनी लाखौको सङ्ख्यामा पर्यटनहरु आगमन गर्दछन् । विदेशी पर्यटक मात्र नभई देशकै आन्तरिक पर्यटकहरुको पनि संख्या उल्लेखनीय मात्रामा वृद्धि भएको छ ।
तर कोरोना जस्तो महामारीले सन् २०२० देखि पर्यटन क्षेत्रलाई ठूलै क्षति पुर्याएको छ । यस महामारीले पुर्याएको असरलाई क्षतिपुर्ती गर्न नसके पनि अबको भविष्यमा, हामी पर्यटन व्यवसायीहरुले एक आपसमा सहकार्य गरेर अधि वढेमा निकट भविष्यमा पक्कै फड्को मार्न सक्षम हुने छौ ।
त्यसैले पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरुको व्यवसायिक एकता सहकार्यको लागि यो पेशासंग सम्वद्ध फर्मका सञ्चालक तथा प्रतिनिधीहरुको सहभागितामा भि ग्रुप होटेल तथा रिसोर्ट नेटवर्क काम गर्ने छ । यो नेटवर्क पुर्णरुपमा व्यवसाय केन्द्रित रहने छ । यस नेटवर्कसंग आवद्ध पर्यटन व्यवसायीहरुको जिवनस्तर वृद्धि गर्नको लागि नै यसको स्थापना गरिएको हो ।
उद्धेश्य
१. नेपालभरि पर्यटन व्यवसायसंग सम्बन्धी व्यवसायीक कारोवार गरी आएका तथा आउन चाहेका फर्महरु वीचमा आपसी एकता, सहयोग, भेटधाट तथा उपयोगी सूचनाहरुको आदानप्रदानको लागि वातावरण तयार गर्नु वा सो सम्बन्धी कार्यक्रमलाई नियमित गर्नु नेटवर्कको मुल उद्धेश्य रहेको छ ।
२. गास र बास जस्तो अति आवस्यक, अति संवेदनशील सेवा र वस्तु हरुको उचित मुल्यमा नेटवर्क आवद्ध फर्म मार्फत विक्री वितरण तथा सेवा प्रदानको लागि वातावरण निर्माण गरी ग्राहकहरुलाई स्तरीय सेवा तथा सामाग्रीहरु उपलव्ध गराउने प्रयास गर्नु नेटवर्कको उद्धेश्य रहेको छ ।
३. स्थानिय तथा राष्ट्रिय स्तरमा सरकार तथा सम्वन्धित निर्णयहरुलाई आफ्ना धारणा तथा सुझावहरु निरन्तररुपमा पठाई सहयोग गर्नु तथा निति निमार्णमा अग्रसर भुमिका निर्वाह गर्नु नेटवर्कको महत्वपूर्ण उद्धेश्य रहेको छ ।
४. पर्यटन व्यवसायको प्रगति र निरन्तरताको लागि सम्वन्धीत निकाय वा क्षेत्रमा प्रतिनिधी पात्रको रुपमा नेटवर्कलाई स्थापना गर्नु नेटवर्कको नैतिक उद्धेश्य रहेको छ ।
५. नेटवर्क संग आवद्ध फर्महरुबीच भाइचाराको सम्वन्ध विकास गर्नु, व्यवसायिक हितको लागि सहकार्यको वातावरण सृजना गर्नु तथा एकले अर्को फर्मलाई प्रोत्साहन गर्नु नेटवर्कको मुल उद्धेश्य रहेको छ ।
६. समान उद्धेश्य तथा फरक उद्धेश्य भएका व्यवसायिक फर्म तथा नेटवर्क संग सम्वन्ध विस्तार गरी नेटवर्कलाई आर्थिक तथा नैतिक सहयोगको वातावरणमा कायम राख्नु पनि नेटवर्कको उद्धेश्य रहेका छ ।
७. यस नेटवर्क मुनाफा रहित मात्र नभई मुनाफा कमाएर, सामुहिक लगानी गरि व्यवसायीको स्तर उन्नती गराउनु नेटवर्कको मुलभुत उद्धेश्य रहेको छ ।
नेटवर्कमा आवद्ध भएर लिन सकिने लाभहरु :
१. राष्ट्रिय स्तरको नेटवर्क भएको कारण व्यवसायमा वृद्धि हुने ।
२. नेटवर्कमा आवद्ध भएका फर्महरुको प्रचार ,प्रसारमा विशेष जोड दिइने ।
३. नेटवर्कको आफ्नै संजाल भएको कारण पर्यटन व्यवसायको लागि अन्य कम्पनीहरुलाई रकम खर्च गर्नु नपर्ने ।
४. नेटवर्कको एप्लीकेसन, वेवसाइटमा आवद्ध फर्महरुको विवरण राखिने ।
५. नेटवर्कमा आवद्ध भएका फर्महरुको व्यवसासिक सीप विकासको लागि तालिमहरु आयोजना गरिने ।
६. एउटा पर्यटन व्यवसाय र अर्को पर्यटन व्यवसायीले ग्राहक रिफर गर्दा प्रत्यक कारोवारमा १० प्रतिसत फिर्ता पाउने छन् ।
७.व्यवसायीहरु विच भेटधाट कार्यक्रम आयोजना हुने हुदा एक आपसमा मिलेर व्यवसाय विस्तार समेत गर्न सकिने छ ।
८. व्यवसायीहरुले आफ्नो व्यवसायमा हुने सामाग्रीहरु उचित मुल्यमा नेटवर्क मार्फत पाउन सक्नेछन् ।
९. नेटवर्कले उपलब्ध गराएको सामाग्रीहरु प्रयोग गर्दा ग्राहकहरुको सकारात्मक सुझाव पाईने छ ।
१०. नेटवर्कले व्यवसायिक जानकारी मुलक वोर्ड समेत प्रदान गर्ने छ ।
११. नेटवर्कको आफ्नै प्रिभिलेज कार्ड भएकोले ग्राहकको आर्कषण आवद्ध फर्म प्रति हुनेछ ।
सदस्यता
१. साधारण सदस्यता प्राप्त गर्न चाहेको फर्मको प्रोपाइटर नेपाली नागरिक हुनु पर्ने छ ।
२. सदस्य हुन चाहेको फर्म नेपाल सरकारको सम्वन्धित निकायमा दर्ता भएको र आयकर दर्ता प्रमाण पत्र प्राप्त गरेको हुनु पर्नेछ ।
३. फर्मको प्रोपाइटर दिवालियापनमा नपरेको, मानसिक सन्तुलन ठीक भएको र कुनै अदालतवट फौजदारी अभियोगको लागि दोषी प्रमाणित नभएको हुनुपर्ने ।
४. आवद्ध हुन चाहेको फर्म यस नेटवर्कको प्रस्तावनमा उल्लेखित भएको विषय वस्तुको व्यवसायिक कारोवार कम्तीमा १ (एक) महिना अगाडी सञ्चालनमा रहेको हुनुपर्नेछ ।
५. आवद्धताको लागि आवेदन, ढाँचा र अन्य कुराहरु नेटवर्कले सिफारिस गरे वमोजिम हुने ।