कम्पनी ऐन, २०६३ अनुसार कम्पनीहरुले कम्पनी संस्थापनाको पहिलो ३ महिनाभित्र र प्रत्येक वर्ष वार्षिक रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनु पर्ने विवरण :-
क) ३ महिनाभित्र बुझाउनुपर्ने विवरणहरु :-
१) कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगानाको जानकारी
२) संचालक समितिको गठन, संचालकहरुको दफा ९२ को विवरण समेत
३) चालु आ.व.का लागि लेखापरीक्षकको नियुक्ति
४) कम्पनीको तत्काल जारी पूँजी बराबर शुरु शेयर वाँडफाँडको निर्णय ।
ख) वार्षिक रुपमा बुझाउनुपर्ने विवरणहरु :-
१) गत आ.व.को लेखापरिक्षण प्रतिवेदन र चालु आ.व.को लेखापरीक्षकको नियुक्तिको जानकरी
२) संचालक समितिको तर्फबाट तयार कम्पनीको वार्षिक प्रतिवेदन
३) साधारणसभा बोलाउने सम्बन्धी संचालक समितिको निर्णय
४) वार्षिक साधारण सभाको निर्णय
५) दफा ५१ को विवरण
६) सञ्चालक लगत
७) पब्लिक र मूनाफा वितरण नगर्ने कम्पनीको हकमा दफा ७८ को विवरण ।
–कम्पनीहरुले अनलाइनबाट विवरण पठाउने तरिका:-
१) निवेदन सहित सम्पूर्ण विवरणहरुको 150 DPI PDF Format मा Scanning गर्ने,
२) www.ocr.gov.np मा गई Check Document खोल्ने,
३) Username र Password राखेपछि तपाईको File Open हुन्छ र
४) Open File मा Document Submit गरी विवरण Send गर्ने ।
५) Document Submit भए नभएको Lodgment मा गई Confirm गर्नु पर्नेछ ।